भारतमा २५ लाख १२ हजार बढीको कोरोना परीक्षण, एक लाख बढी संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं : भारतमा हालसम्म २५ लाख १२ हजार बढीको कोरोना परीक्षण गरिएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार २५ लाख १२ हजार ३८८ जनाको कोरोना परीक्षण गरिएको छ । यसैगरी त्यहाँ संक्रमितको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको छ । गत २४ घण्टामा मात्रै भारतमा ५ हजार ६११ जना नयाँ संक्रमित थपिएका छन्। यो संख्या एकैदिन देखिएको भारतमा अहिलेसम्मकै धेरै हो ।
हालसम्म भारतमा १ लाख ६ हजार ७५० जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी मृत्यु हुनेको संख्या ३ हजार ३ सय तीन रहेको बताइएको छ । ४२ हजार २ सय ९८ जना कोरोनाको उपचारपछि निको भएर घर फर्के छन्।







बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती