सूचना आयोगको स्वास्थ्य मन्त्रालयलाई आदेश : कोरोना संक्रमित तथा मृत्यु भएका व्यक्तिको स्पष्ट ठेगाना उल्लेख गर्नु
संक्रमित तथा मृत्यु भएका व्यक्तिको व्यक्तिगत र गोप्य राख्नुपर्ने प्रकृतिका सूचना प्रकाशन नगर्नु
हेल्थ टिभी अनलाइन\काठमाडौं: राष्ट्रिय सूचना आयोगले कोरोना संक्रमित तथा मृत्यु भएकाको स्थायी र अहिले बसोबास गर्दै आएको ठेगाना स्पष्ट रुपमा उल्लेख गर्न स्वास्थ्य मन्त्रालयलाई आदेश दिएको छ ।
आयोगले मंगलबार स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै कोरोना संक्रमितको ठेगानामा अलमल परेको र नमिलेका कारण सर्वसाधारणमा त्रास फैलिएको भन्दै यसलाई तुरुन्त सच्याउन आदेश दिएको हो ।
आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालयले प्रवाह गरिने सूचनामा संक्रमित वा मृतक व्यक्तिको बारेमा उल्लेख गरिने गरिएको ठेगानाले नागरिकमा भ्रम सिर्जना गरेको विषय विभिन्न माध्यमबाट सार्वजनिक भएका छन्। तसर्थ कोरोना संक्रमति वा मृत्यु भएका व्यक्तिको स्थानी ठेगाना र अहिले बसोबास गरिरहेको स्थान फरक हुनसक्छ । त्यसैले एउटा मात्र स्थानको बारेमा उल्लेख गर्दा सर्वसाधारणमा भ्रम तथा अन्यौलता भएको पाइयो । त्यसैले पनि अबदेखि यस्तो सूचना दिंदा स्थायी ठेगाना सहित संक्रमण वा मृत्यु हुँदाको बखत बसोबास गरिहेको स्थान पनि उल्लेख गर्नुहुन आदेश दिइएको छ ।’
यसैगरी आयोगले कोरोना संक्रमण भएका वा यसबाट मृत्यु भएका व्यक्तिको व्यक्तिगत र गोप्य राख्न पर्ने प्रकृतिका सूचना प्रकाशन प्रसारण नगर्न पनि निर्देशन दिएको छ । मन्त्रालयले स्थायी ठेगाना मात्र उल्लेख गर्दा धेरै संक्रमित अन्तै बसोबास गर्दै आएको पाइएपछि आयोगले यस्तो आदेश दिएको हो ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम