कोरोना नियन्त्रणमा खटिएका चिकित्सकमा नै संक्रमण देखियो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पहिलोपटक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा स्वास्थ्य सेवा विभागमा कार्यरत चिकित्सकमा कोरोना संक्रमण देखिएको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि काजमा राखिएका एक चिकित्सकमा कोरोनो पोजेटिभ देखिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले पुष्टि गरे । उनले भने, ‘कोरोना रोकथाम तथा नियन्त्रणकै लागि हामीले खटाएका एक चिकित्सकमा कोरोना देखिएको हो । उनी हालसालै कपिलवस्तु र रुपन्देहीमा कन्ट्याक्ट ट्रेसिङमा गएर आएका थिए ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज काठमाडौं उपत्यकामा ५ जनामा कोरोना पुष्टि भएको बताएका थिए । ती ५ मध्ये ललितपुर निवासी चिकित्सक रहेको पाइएको छ। उनी नेपालमा कोरोना संक्रमण हुने पहिलो चिकित्सक हुन्।







बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती