अबदेखि जोकोहीले पनि स्वेच्छाले कोरोना परीक्षण गर्न पाउने
हेल्थ टिभी अनलाइन\ काठमाडौं: सरकारले अबदेखि आफ्नो इच्छाले जुनसुकै व्यक्तिले कोरोना परीक्षण गर्न पाउने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अबदेखि व्यक्तिलाई केही शंका लाग्यो भने वा कुनै लक्षण नै नदेखिए पनि आफनो अनुसार कोरोना परीक्षण गर्न पाउने भएको बताएका हुन्।
उनका अनुसार त्यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेको मापदण्ड पूरा गरेको संस्था हुनुपर्नेछ। उनले भने, ‘अबदेखि कसैलाई आफूमा कोरोना छ वा छैन् भन्ने परीक्षण गरेर ढुक्क हुन मन लाग्यो भने तोकिएको स्वास्थ्य संस्थामार्फत सेवा लिन सकिने छ ।’
उनका अनुसार यस्ता संस्थाले अनिवार्य व्यक्तिको गोपनियता कायम राख्नुपर्ने र रिपोर्टको अभिलेख राख्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई नियमित रिपोर्टिङ गर्ने शर्तमा स्वदेशी तथा विदेशी नागरिकले तोकिएको दररेटमा पीसीआर र आरडीटी दुबै विधिबाट परीक्षण गर्न पाइनेछ । यसअघि सरकारले तोकेको मापदण्डभित्र परेकाले मात्र कोरोना परीक्षण गर्न पाउने थिए । आफूले चाहेर मात्र कोरोना परीक्षण हुँदैनथ्यो । सो मापदण्डभित्र परेको हुनुपर्ने थियो ।
सेवा दिने संस्थाले यसको परीक्षण शुल्क भने सरकारको मापदण्ड भित्र रही निर्धारण गर्न सक्नेछन्।







बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती