आजै थपिए २७ जना संक्रमित, संक्रमितको संख्या ४०२ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजै विभिन्न जिल्लामा गरी २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ४०२ पुगेको छ ।
मन्त्रालयका अनुसार झापाका ९, मोरङका १, सुनसरीका १, सर्लाहीका २, काठमाडौंका ३, ललितपुरका १, भक्तपुरका १, मकवानपुरका १, रामेछापका १, सिन्धुलीका १, नवलपरासीका १, लमजुङका १ र कपिलवस्तुका ४ गरी २७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
उनीहरुमध्ये २४ जना पुरुष र ३ जना महिला रहेको बताइएको छ ।







बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती