Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नरैनापुरका संक्रमित आइसोलेसनमा जान मानेनन्

घर जान पाउनुपर्ने माग

नरैनापुरका संक्रमित आइसोलेसनमा जान मानेनन्

हेल्थ टिभी अनलाइन\ काठमाडौं: बाँकेको नरैनापुरमा सोमबार पुष्टि भएका ५९ जना संक्रमित संक्रमण पुष्टि भएको २४ घण्टा बित्न लाग्दा पनि  क्वारेन्टाइनमै रहेका छन्।

संक्रमित आफै आइसोलेसनमा जान नमानेपछि अन्यौल भएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले बताए । उनले भने, ‘आइसोलेसनको वारेमा छलफल भइहरेको छ तर मुख्य कुरा संक्रमित नै आइसोलेसनमा जान नमानेपछि समस्या भएको हो । उनीहरुले घर जान पाउनुपर्ने माग गरिहेका छन्।’  उनका अनुसार ३५ जना संक्रमितलाई नेपालगंजको कोहलपुरस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राख्ने निर्णय भएर एम्बुलेन्स लिन जाँदा पनि संक्रमित आउन मानिरहेका छैनन्।

आज बिहान मात्रै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ समेत नेपालगंज पुगी बाँकेमा क्वारेन्टाइन, आइसोलेसन कसरी व्यवस्थित गराउने भन्ने विषयमा छलफल गरेर फर्केका थिए । संक्रमितलाई नजिकैको अर्को विद्यालयमा सारिएको डा थापाले बताए ।

नरैनापुरमा आइतबार मात्र २५ वर्षीय युवकको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो । त्यसपछि उनीसँगै रहेका थप ५९ जनामा कोरोना पुष्टि भएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि