भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : भारतमा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ । त्यहाँ हालसम्म १ लाख बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा १ लाख १ हजार १३९ जनामा कोरोना पुष्टि भएको छ भने ३ हजार १६३ जनाको ज्यान गइसकेको छ । यसैगरी गत २४ घण्टामा मात्रै लगभग ५ हजार संक्रमित थपिएका छन्। यसैगरी १३४ जनाको मृत्यु भएको बताइएको छ ।
हालसम्म ३९ हजार १ सय ७४ जना उपचारपछि निको भएर घर फर्केका छन्। भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । महाराष्ट्रमा मात्रै ३५ हजार बढी संक्रमित फेला परेका छन्। कोरोना रोकथाम र नियन्त्रणका लागि भारत सरकारले झण्डै दुई महिनादेखि देशभर लकडाउन जारी राखेको छ ।







बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती