रोल्पा अस्पतालको आइसोलेसनमा मिर्गौला रोगी युवकको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : रोल्पा अस्पतालको आइसोलेसनमा राखेर उपचार गराइरहेका एक युवकको मृत्यु भएको छ । २२ वर्षीय मिर्गौला रोगी उनलाई ज्वरो आएपछि अस्पताल लगिएको बताइएको छ।
दुबै मिर्गौला फेल भएका उनले काठमाडौंमा उपचार गराउँदै आएका थिए । केही दिनअघि मात्र रोल्पा पुगेका उनलाई उच्च ज्वरो आएपछि रोल्पा अस्पताल लगिएको थियो । आइतबार अस्पतालका भर्ना भएका उनको सोमबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ । उनको मृत्यु भएपछि कोरोना संक्रमणको परीक्षण गर्नका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको अस्पतालले जनाएको छ ।
उनको रिपोर्ट भने आउन बाँकी छ ।







बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती