थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७५ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल र कोशी अस्पतालमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार धनुषाका २ जना पुरुष, खोटाङ हलेसीका १ जना, बाँके नरैनापुरका १२ जना पुरुष, दैलेख आठबीसका १ जना पुरुष, सुुनसरीका १ र झापाका १ गरी १८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
योसँगै नेपालमा संक्रमितको संख्या ३७५ पुगेको छ ।







बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती