बाँकेमा कोरोना संक्रमण भएका ४७ जना नै भारतबाट आएको खुलासा
सबै संक्रमित नरैनापुरको क्वारेन्टाइनका
हेल्थ टिभी अनलाइन\ काठमाडौं : बाँकेको नरैनापुरमा आज एकैपटक ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नरैनापुरका ४६ जना पुरुष र १ जना महिलामा कोरोना पोजेटिभ देखिएको बताएका हुन्। उनीहरु सबै नरैनापुरका रहेका छन्।
भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले आज संक्रमण पुष्टि भएका सबै नरैनापुरको क्वारेन्टाइमा रहेका भएको बताएका छन्। उनले भने, ‘उहाँहरु सबै भारतबाट आएर नरैनापुरको क्वोन्टाइनमा बस्नुभएको थियो । आज उहाँहरु मध्ये ४७ जनामा संक्रमण देखिएको हो ।’
उनका अनुसार नरैनापुरमा तीनवटा क्वोन्टाइन रहेको र त्यहाँबाट २६३ जनाको स्वाब संकलन गरिएको मध्ये १९२ जनाको मात्र रिपोर्ट आएको छ । अन्य रिपोर्ट भने आउन बाँकी छ ।
यसअघि पनि नरैनापुरमै ८ जना संक्रमित पुष्टि भएको थियो । उनीहरुलाई दाङको बेलझुण्डीमा क्वारेन्टाइनमा राखिएको छ । यसैगरी आइतबार मात्रै नरैनापुरकै क्वारेन्टाइनमा रहेका एक युवकको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम