धनकुटाकी संक्रमित नर्सले हेरेकी बिरामी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, प्रसुती वार्ड सिल गरियो
हेल्थ टिभी अनलाइन\ काठमाडौं: धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसुती वार्डलाई आजदेखि सिल गरिएको छ ।
जिल्ला अस्पताल धनकुटाकी कोरोना संक्रमित नर्सको कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा उनको सम्पर्कमा आएकी एक जना बिरामी अस्पतालमा भएको पत्ता लागेपछि अस्पतालको प्रसुती वार्ड सिल गरिएको हो। प्रसुती वार्डका प्रमुख डा मोहन रेग्मीले एक जना बिरामी संक्रमित नर्सले धनकुटाबाट रिफर गरी वीपीमा पठाएको पाइएपछि केही समयका लागि वार्ड सिल गरिएको बताए ।
उनका अनुसार महिलाले धनकुटा अस्पतालमा बच्चा जन्माएकी र इन्फेक्सन भएपछि संक्रमित नर्सले नै वीपी जान भनेको पाइएको छ । संक्रमित नर्सको सम्पर्कमा महिला आएकाले उनलाई यतिखेर छुट्टै आइसोलनेसनमा राखिएको छ । यसैगरी अस्पतालले महिलाको स्वाब संकलन कार्य भइरहेको र उनको रिपोर्ट नआउन्जेलका लागि प्रसुती वार्डमा बिरामी नलिने जनाए ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम