Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

धनकुटाकी संक्रमित नर्सले हेरेकी बिरामी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, प्रसुती वार्ड सिल गरियो

धनकुटाकी संक्रमित नर्सले हेरेकी बिरामी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, प्रसुती वार्ड सिल गरियो

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसुती वार्डलाई आजदेखि सिल गरिएको छ ।

जिल्ला अस्पताल धनकुटाकी कोरोना संक्रमित नर्सको कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा उनको सम्पर्कमा आएकी एक जना बिरामी अस्पतालमा भएको पत्ता लागेपछि अस्पतालको प्रसुती वार्ड सिल गरिएको हो। प्रसुती वार्डका प्रमुख डा मोहन रेग्मीले एक जना बिरामी संक्रमित नर्सले धनकुटाबाट रिफर गरी वीपीमा पठाएको पाइएपछि केही समयका लागि वार्ड सिल गरिएको बताए ।

उनका अनुसार महिलाले धनकुटा अस्पतालमा बच्चा जन्माएकी र इन्फेक्सन भएपछि संक्रमित नर्सले नै वीपी जान भनेको पाइएको छ ।  संक्रमित नर्सको सम्पर्कमा महिला आएकाले उनलाई यतिखेर छुट्टै आइसोलनेसनमा राखिएको छ । यसैगरी अस्पतालले महिलाको स्वाब संकलन कार्य भइरहेको र उनको रिपोर्ट नआउन्जेलका लागि प्रसुती वार्डमा बिरामी नलिने जनाए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि