कोरोनाबाट मृत्यु भएकी महिलाको नवजात शिशुमा देखिएन कोरोना
हेल्थ टिभी अनलाइन\ काठमाडौं: कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको परिवारका सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।
उनका नवजात शिशुसहित परिवारका ५ जनामा कोरोना संक्रमण परीक्षण गरिएको थियो । ती पाँचैजनामा कोरोना रिपोर्ट नेगेटिभ आएको धुलिखेल अस्पतालले जनाएको छ । गत बिहिबार सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको कोरोनाको कारण मृत्यु भएपछि नवजात शिशुसहित उनको सम्पर्कमा आउने व्यक्तिहरुको कोरोना परीक्षण गरिएको थियो ।
उनी नेपालको कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति हुन्। उनको मृत्यु पश्चात मात्र कोरोना भएको पुष्टि भएको थियो । उनको मृत्यु पश्चात नवजात शिशुमा कोरोना सरेको छ की भन्ने सबैको चिन्ता र चासोको विषय बनेको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा