Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोनाबाट मृत्यु भएकी महिलाको नवजात शिशुमा देखिएन कोरोना

कोरोनाबाट मृत्यु भएकी महिलाको नवजात शिशुमा देखिएन कोरोना

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको परिवारका सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

उनका नवजात शिशुसहित परिवारका ५ जनामा कोरोना संक्रमण परीक्षण गरिएको थियो । ती पाँचैजनामा कोरोना रिपोर्ट नेगेटिभ आएको धुलिखेल अस्पतालले जनाएको छ । गत बिहिबार सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको कोरोनाको कारण मृत्यु भएपछि नवजात शिशुसहित उनको सम्पर्कमा आउने व्यक्तिहरुको कोरोना परीक्षण गरिएको थियो ।

उनी नेपालको कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति हुन्। उनको मृत्यु पश्चात मात्र कोरोना भएको पुष्टि भएको थियो । उनको मृत्यु पश्चात नवजात शिशुमा कोरोना सरेको छ की भन्ने सबैको चिन्ता र चासोको विषय बनेको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि