फेरी थपिए ९ जना संक्रमित, संक्रमितको संख्या ३०४ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहट इशनाथ नगरपालिकाका ७ जना पुरुष, रौतहटकै माधवनारायण नगरपालिका निवासी २८ वर्षीया महिला र बारा करैयामाई निवासी ३८ वर्षीय पुरुषमा कोरोना पोजेटिभ भएको पुष्टि भएको हो ।
योसँगै नेपालमा संक्रमितको संख्या ३०४ पुगेको छ । मन्त्रालयका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा