Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

फेरी थपिए ९ जना संक्रमित, संक्रमितको संख्या ३०४ पुग्यो

फेरी थपिए ९ जना संक्रमित, संक्रमितको संख्या ३०४ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान विज्ञप्ति  जारी गर्दै थप ९ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहट इशनाथ नगरपालिकाका ७ जना पुरुष, रौतहटकै माधवनारायण नगरपालिका निवासी २८ वर्षीया महिला र बारा करैयामाई निवासी ३८ वर्षीय पुरुषमा कोरोना पोजेटिभ भएको पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या ३०४ पुगेको छ । मन्त्रालयका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि