लकडाउन जेठ २० सम्म लम्बियो
हेल्थ टिभी अनलाइन\काठमाडौं : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले जारी रहेको लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोरोना सम्बन्धी उच्चस्तरीय समितले यसअघि नै संक्रमितको संख्या बढ्दै गएकाले जोखिम कायम भएको भन्दै लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो ।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि देशभर लकडाउन गरेको छ। अन्तिमपटक थपिएको लकडाउनको समय भोलि अर्थात जेठ ५ गतेसम्म रहेको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा