धनकुटा र विराटनगरका ३ जनामा कोरोना संक्रमण देखियो
हेल्थ टिभी अनलाइन\काठमाडौं: नेपालमा थप३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले विज्ञप्ति जारी गर्दै धनकुटामा १ र विराटनगरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार वी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनकुटा निवासी ३४ वर्षीय महिला र मोरङ विराटनगर निवास ि२९ वर्षीय महिला र ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगको मन्त्रालयले जनाएको छ । हालसम्म उपचापछि निको भएर घर फर्किनको संख्या ३६ रहेको छ भने कोरोनाका कारण २ जनाको ज्यान गएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा