निजी तथा सामुदायिक अस्पतालले पनि आरडीटी विधिबाट कोरोना परीक्षण गर्न पाउने
हेल्थ टिभी अनलाइन\ काठमाडौं: कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि सरकारले निजी तथा सामुदायिक अस्पताललाई पनि कोरोना परीक्षण गर्न अनुमति दिने भएको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अबदेखि निजी तथा सामुदायिक अस्पतालले पनि आरडीटी विधिमार्फत परीक्षण गर्न पाउने बताएका हुन्। उनले भने, ‘हामीले निजी तथा सामुदायिक अस्पतालमा आरडीटी विधिबाट परीक्षणका लागि निर्देशिका जारी गरेका छौँ। योसँगै अब निजी तथा सामुदायिकअस्पतालले आरडीटी विधिबाट गरिने परीक्षणका लागि अनुमति लिन सक्नेछन्।’
उनका अनुसार आरडीटी माध्यमबाट कोरोना परीक्षण सेवा दिन चाहने अस्पतालले उपत्यकाको हकमा स्वास्थ्य सेवा विभाग र उपत्यकाबाहिर प्रदेश स्वास्थ्य निर्देशनालयसँग अनुमति लिनुपर्नेछ ।
कोरोना परीक्षणको अनुमति पाएर परीक्षण सुरु गर्ने अस्पतालले परीक्षणको विवरण अनिवार्य रुपमा राख्नुपर्ने र रिपोर्ट दैनिक रुपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अनिवार्य रुपमा पठाउनु पर्ने बताइएको छ ।
डा देवकोटाका अनुसार आरडीटी विधिबाट परीक्षण गरिएको शुल्क निजी र सामुदायिक अस्पतालले लिन सक्नेछन् तर यस्तो शुल्क खरिद गरेको मूल्यको भन्दा बढीमा २० प्रतिशतमात्र बढी लिन पाइने छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा