Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा कोरोनाको कारण दोस्रो मृत्यु, बाँकेका २५ वर्षीय युवकले गुमाए ज्यान

नेपालमा कोरोनाको कारण दोस्रो मृत्यु, बाँकेका २५ वर्षीय युवकले गुमाए ज्यान

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  बाँके नरैनापुरका एक जना व्यक्तिको पनि कोरोना संक्रमणको कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  बाँकेका २५ वर्षीय युवकको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको जनाएको हो ।

योसँगै नेपालमा कोरोनाको कारण दुई जनाको ज्यान गएको छ। हिजो मात्रै सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको ज्यान गएको थियो ।

बैशाख ३० गते भारतबाट आएका उनलाई नरैनापुरको क्वारेन्टाइनमा राखिएको थियो । शनिबार राती एक्कासी बान्ता गरेका उनको बिहान हुन नपाउँदै मृत्यु भएको बताइएको छ । शनिबार नै उनको स्वाब संकलन गरी भेरी अस्पतालमा परीक्षणका लागि लगिएको थियो । उनको रिपोर्ट कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि