नेपालमा कोरोनाको कारण दोस्रो मृत्यु, बाँकेका २५ वर्षीय युवकले गुमाए ज्यान
हेल्थ टिभी अनलाइन\ काठमाडौं: बाँके नरैनापुरका एक जना व्यक्तिको पनि कोरोना संक्रमणको कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेका २५ वर्षीय युवकको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको जनाएको हो ।
योसँगै नेपालमा कोरोनाको कारण दुई जनाको ज्यान गएको छ। हिजो मात्रै सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको ज्यान गएको थियो ।
बैशाख ३० गते भारतबाट आएका उनलाई नरैनापुरको क्वारेन्टाइनमा राखिएको थियो । शनिबार राती एक्कासी बान्ता गरेका उनको बिहान हुन नपाउँदै मृत्यु भएको बताइएको छ । शनिबार नै उनको स्वाब संकलन गरी भेरी अस्पतालमा परीक्षणका लागि लगिएको थियो । उनको रिपोर्ट कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा