भारतले नेपाललाई दियो ३० हजार पीसीआर किट
हेल्थ टिभी अनलाइन\ काठमाडौं: भारत सरकारले नेपाललाई (कोभिड १९) कोरोना परीक्षणका लागि आवश्यक पर्ने पीसीआर टेस्ट किट सहयोग गरेको छ।
आइतबार भारतका राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालय पुगी पीसीआर टेस्ट किटहरु हस्तान्तरण गरेका हुन्।
स्वास्थ्य मन्त्रालयका अनुसार ३० हजार पीसीआर किट सहयोग स्वरुप हस्तान्तरण गरिएको हो। यसअघि पनि भारतले नेपाललाई औषधि लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको थियो।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त