नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले विज्ञप्ति जारी गर्दै रौतहटका १० जनामा कोरोना पोजेटिभ देखिएको जनाएको हो । योसँगै नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहट राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी रौतहटकै इशनाथ नगरपालिका ३ र ५ वडाका २८, ३० र ३३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगको मन्त्रालयले जनाएको छ । हालसम्म उपचापछि निको भएर घर फर्किनको संख्या ३६ रहेको छ भने कोरोनाका कारण १ जनाको ज्यान गएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा