नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा फेरी तीन जना संक्रमित थपिएका छन्। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै धनुषाका दुई जनामा र सिन्धुपाल्चोकमा १ जनामा कोरोना पोजेटिभ देखिएको बताएको हो । सिन्धुपाल्चोककी महिलाको भने आज मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा धनुषा निवासी २० र ६५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ । यसैगरी हालसम्म ३६ जना संक्रमित उपचार पछि निको भएर घर फर्केका छन। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा