Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बैतडीमा थप एकजनाको आरडीटी पोजेटिभ देखियो

बैतडीमा थप एकजनाको आरडीटी पोजेटिभ देखियो

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा :  बैतडीमा थप एकजनाको आरडीटी रिपोर्ट पोजेटिभ आएको छ। शनिबार आरडीटी टेस्ट गर्दा सिगास गाउँपालिकाको श्रीभावर क्वारेन्टाइनमा बसेका ३३ बर्षीय पुरुषको आरडीटी रिपोट पोजेटिभ आएको हो।

सिगास गाउँपालिका–९ चौखामका ती पुरुषको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। आरडीटी पोजेटिभ आएका ती युवकको आइतबार थ्रोट स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी पठाइने उनको भनाइ छ।

ती युवक गत वैशाख १८ गते झुलाघाट नाकाबाट स्वदेश भित्रिएका थिए। बैतडीमा यसअघि बिहीबार डिलाशैनीका ५० बर्षीय एक पुरुषको पनि आरडीटी रिपोट पोजेटिभ आएको थियो। ती व्यक्तिको थ्रोट स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी पठाइएको भएपनि रिपोर्ट भने आउन बाँकी रहेको बताइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि