Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव आफन्तले छुन नपाउने

एक मिटर टाढाबाट मात्रै हेर्न पाउने

कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव आफन्तले छुन नपाउने

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  सरकारले कोरोना भाइरसका कारण कसैको मृत्यु भएमा कसरी व्यवस्थापन गर्ने भनेर ‘कोभिड- १९ का कारण मृत्यु भएका व्यक्तिहरुको व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६’नामक कार्यविधि बनाएको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको शव व्यवस्थापनमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । सोही बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै शव व्यवस्थापन सम्बन्धी कार्यविधि बनाएको छ । सो कार्यविधि अनुसार अन्य व्यक्ति सरह परिवारले अन्तिम संंस्कार गर्न पाउने छैनन्। यसका लागि सरकारले तय गरेका केही नियमहरु पालना गर्नुपर्ने हुन्छ ।

सरकारले तयार पारेको कार्यविधि अनुसार शव उठाउनु अघि शववाहन चालक एवं कर्मचारीले अनिवार्य सुरक्षाकवच पीपीई लगाउनुपर्ने हुन्छ । सो कार्यविधि अनुसार शवलाई सकेसम्म कम चालाउनुपर्ने र छिटो अन्ति संस्कार गर्नुपर्ने हुन्छ ।

यसैगरी आफन्तले एक मिटर टाढैबाट हेर्न सक्नेछन तर शव छुन भने पाउने छैनन्।  दीर्घरोगी र ६० वर्ष काटेका बृद्धबृद्धालाई शबको नजिक जान दिन नहुने लगायतका शर्त उल्लेख छन्।

हेरौं कार्यविधि यस्तो छ:

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि