कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव आफन्तले छुन नपाउने
एक मिटर टाढाबाट मात्रै हेर्न पाउने
हेल्थ टिभी अनलाइन\ काठमाडौं: सरकारले कोरोना भाइरसका कारण कसैको मृत्यु भएमा कसरी व्यवस्थापन गर्ने भनेर ‘कोभिड- १९ का कारण मृत्यु भएका व्यक्तिहरुको व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६’नामक कार्यविधि बनाएको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको शव व्यवस्थापनमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । सोही बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै शव व्यवस्थापन सम्बन्धी कार्यविधि बनाएको छ । सो कार्यविधि अनुसार अन्य व्यक्ति सरह परिवारले अन्तिम संंस्कार गर्न पाउने छैनन्। यसका लागि सरकारले तय गरेका केही नियमहरु पालना गर्नुपर्ने हुन्छ ।
सरकारले तयार पारेको कार्यविधि अनुसार शव उठाउनु अघि शववाहन चालक एवं कर्मचारीले अनिवार्य सुरक्षाकवच पीपीई लगाउनुपर्ने हुन्छ । सो कार्यविधि अनुसार शवलाई सकेसम्म कम चालाउनुपर्ने र छिटो अन्ति संस्कार गर्नुपर्ने हुन्छ ।
यसैगरी आफन्तले एक मिटर टाढैबाट हेर्न सक्नेछन तर शव छुन भने पाउने छैनन्। दीर्घरोगी र ६० वर्ष काटेका बृद्धबृद्धालाई शबको नजिक जान दिन नहुने लगायतका शर्त उल्लेख छन्।
हेरौं कार्यविधि यस्तो छ:







आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम