धुलिखेल अस्पतालमा कोरोना पोजेटिभ देखिएकी महिलाको मृत्युको कारण खोज्दैछौँ : स्वास्थ्य मन्त्रालय
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काभ्रेस्थित धुलिखेल अस्पतालमा कोरोना पोजेटिभ देखिएकी महिलाको मृत्यु भएपछि स्वास्थ्य मन्त्रालयले थप परीक्षण र मृत्युको कारण पत्ता लगाउन एक टोली धुलिखेल अस्पताल पठाएको छ ।
यद्यपी स्वास्थ्य मन्त्रालयले अहिले नै महिलाको मृत्यु कोरोनाको कारणले भन्न नसकिने भन्दै सबै परीक्षण र जाँच गरेपछि सबैलाई जानकारी गराइने जनाएको छ।
श्वासप्रश्वासमा समस्या भएर आएकी सिन्धुपाल्चोक बाह्रविसेकी २९ वर्षीय महिलाको अस्पतालमा मृत्यु भएपछि उनको स्वाब परीक्षण गरिएको थियो । उनको धुलिखेलको ल्याबमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि सो भेरीफाइ गर्न टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको अस्पतालले जनाएको छ ।
महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भई २४ गते बच्चालाई जन्म दिएकी थिइन्। २५ गते अस्पतालबाट डिस्चार्ज भई घर गएकी उनलाई श्वासप्रश्वासमा समस्या भएपछि धुलिखेल अस्पताल लगिएको बताइएको छ । उनको उपचारकै क्रममा मृत्यु भएको हो । महिलाको मृत्यु पछि धुलिखेल अस्पताललाई सिल गरिएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा