Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कपिलवस्तुका तीन जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो

कपिलवस्तुका तीन जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुका ३ जना पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षण गर्दा कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका तीन जना पुरुषमा कोरोना पोजेटिभ देखिएको बताएको छ ।

मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामानय रहेको छ । योसँगै संंक्रमितको संख्या २७६ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार