कपिलवस्तुका तीन जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुका ३ जना पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको हो ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षण गर्दा कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षका तीन जना पुरुषमा कोरोना पोजेटिभ देखिएको बताएको छ ।
मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामानय रहेको छ । योसँगै संंक्रमितको संख्या २७६ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा