Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७३ पुग्यो

थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७३ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै संक्रमितको संख्या २७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बर्दिया, पर्सा, सिराहा, सर्लाही र चितवनमा गरी थप ६ जनामा कोरोना देखिएको मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको हो ।

आज संक्रमण पुष्टि हुनेमा बर्दिया नार्खु -११ निवासी २८ वर्षीया महिला, सिरहा सखुवाका ३० वर्षका पुरुष , पर्सा वीरगंजका २८ र २९ वर्षका पुरुष, सर्लाहीका १८ वर्षीय युवती, चितवन गढौली निवासी २५ वर्षीया महिला रहेको मन्त्रालयले पुष्टि गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार