Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

लकडाउनका बेला भाडा माग्दा घरधनी विरुद्ध पर्‍यो उजुरी

लकडाउनका बेला भाडा माग्दा घरधनी विरुद्ध पर्‍यो उजुरी

हेल्थ टिभी अनलाइन : भारतको राजधानी दिल्लीमा लकडाउनका बेला घरभाडा मागेको भन्दै घरधनी विरुद्ध उजुरी परेको छ ।

पश्चिम दिल्लीको मुखर्जी नगरका ९ जना घरधनी विरद्ध उजुरी परेको हो। लकडाउनका बेला काममा बाहिर जान नसकेको अवस्थामा पनि भाडा मागेर दुख दिएको भन्दै उनीहरु विरुद्ध प्रहरीमा उजुरी हालिएको बताइएको छ ।

भारतीय कानून आइपीसीको धारा १८८ बमोजिम प्रहरीले मुद्धा दर्ता गरेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। यो धारा बमोजिम यसरी अप्ठेरोको बेला पनि दबाब दिएर मानसिक तनाव दिएको कसुर मान्दै १ महिनासम्मको जेल सजाय हुने व्यवस्था रहेको छ ।

भारत सरकारले कोरोना भाइरसको महामारीका कारण लकडाउन लम्बिंदै जाँदा भाडामा बस्नेहरुसँग तत्काल भाडा नअसुल्न र भाडाका लागि दबाब नदिन आग्रह गर्दै आएको छ । भारतमा हालसम्म ८१ हजार ९७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ हजार ६ सय ४९ जनाको ज्यान गइसकेको छ । भारत सरकारले झण्डै २ महिनादेखि देशभर लकडाउन गरेको छ ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि