काठमाडौंका ७ वर्षीय बालकसहित नौं जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६७ पुग्यो
हेल्थ टिभी अनलाइन\काठमाडौं: नेपालमा थप नौं जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
मन्त्रालयका अनुसार पर्साका ४ जना, काठमाडौं सतुंगलका ७ वर्षीय बालक १ जना ,दाङका ३ जना र उदयपुरका १ जना गरी थप नौ जनामा कोरोना पोजेटिभ देखिएको हो । आज बिहान मात्रै नेपालगंज र मकवानपुरमा ९ जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो । योसँगै आजै मात्र १८ जना संक्रमित थपिएका छन्। नेपालमा संक्रमितको संख्या २६७ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा