Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौंका ७ वर्षीय बालकसहित नौं जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६७ पुग्यो

काठमाडौंका ७ वर्षीय बालकसहित नौं जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६७ पुग्यो

हेल्थ टिभी अनलाइन\काठमाडौं:  नेपालमा थप नौं जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार  पर्साका ४ जना, काठमाडौं सतुंगलका ७ वर्षीय बालक १ जना ,दाङका ३ जना र उदयपुरका १ जना गरी थप नौ जनामा कोरोना पोजेटिभ देखिएको हो । आज बिहान मात्रै नेपालगंज र मकवानपुरमा ९ जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो । योसँगै आजै मात्र १८ जना संक्रमित थपिएका छन्। नेपालमा संक्रमितको संख्या २६७ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार