Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य सेवा विभाग र औषधि व्यवस्था विभाग खारेज हुने

स्वास्थ्य सेवा विभाग र औषधि व्यवस्था विभाग खारेज हुने

हेल्थ टिभी अनलाइन\ काठमाडौं: सरकारले स्वास्थ्य सेवा विभाग र औषधि व्यवस्था विभाग खारेज गर्ने भएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो कुरा बताएकी हुन्।

स्वास्थ्य सेवा विभाग खारेज गरेर ‘सेन्टर फर डिजिज कन्ट्रोल’ नेपाल राष्ट्रिय रोग नियन्त्रण केन्द्र स्थापना गर्ने र यसैगरी औषधि व्यवस्था विभाग खारेज गरी स्वायत्त नियमनकारी संस्था खाद्य तथा औषधि प्राधिकरण (एफडिए) स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार