Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

२४ जिल्लामा कोरोना संक्रमण, हालसम्म २३ हजार ९१४ पीसीआर परीक्षण

२४ जिल्लामा कोरोना संक्रमण, हालसम्म २३ हजार ९१४ पीसीआर परीक्षण

हेल्थ टिभी अनलाइन\काठमाडौं : सरकारले हालसम्म २३ हजार ९१४ जनाको पीसीआर परीक्षण गरेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोनाको आशंकामा हालसम्म २३ हजार ९ सय ५४ जनाको पीसीआर परीक्षण गरिएको बताए ।

यसैगरी उनले आरडीटी विधिमार्फत ६३ हजार ८५ जनाको परीक्षण गरिएको पनि जानकारी गराए । पछिल्लो २४ घण्टामा १ हजार २ सय ५० जनाको पीसीआर परीक्षण गरिएको जनाइएको छ ।

मन्त्रालयका अनुसार हालसम्म २४ जिल्लामा कोरोना संक्रमण देखिएकोछ । यसैगरी शुक्रबारसम्म कोरोनाको आंशकामा आइसोलेसनमा बस्नेको संख्या २६७ रहेको छ । उनीहरु मध्ये २७ जना उपत्यकामा र २४० जना उपत्यकाबाहिर रहेका छन्। यसैगरी कोरोनाको उच्च जोखिममा रहेका भन्दै क्वारेन्टाइनमा राख्नेको संख्या १५ हजार ६८३ रहेको छ ।

आज बिहान ९ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ रहेको छ । यसैगरी कोरोनाको उपचारपछि निको भएर घर जानेको संख्या ३६ रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार