कोरोना संक्रमित आइसोलेसनबाट भागे प्रहरीले गोली चलाउन सक्ने
हेल्थ टिभी अनलाइन\ काठमाडौं: पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली समेत चलाउन सक्ने सम्मको अधिकार पाएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले शुक्रबार यस्तो निर्णय गरेको हो । बैठकमा संक्रमित व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन बल प्रयोग गर्ने र यसका लागि सुरक्षा निकायलाई गोली समेत चलाउन सक्ने अधिकारी प्रदान गर्ने भनी निर्णय गरिएको छ ।
बिहीबार मात्रै वीरगंजस्थित नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना संक्रमित भेन्टिलेसनबाट भागेका थिए । त्यस लगत्तै यस्तो निर्णय गरिएको हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा