Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना संक्रमित आइसोलेसनबाट भागे प्रहरीले गोली चलाउन सक्ने

कोरोना संक्रमित आइसोलेसनबाट भागे प्रहरीले गोली चलाउन सक्ने

हेल्थ टिभी अनलाइन\ काठमाडौं: पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली समेत चलाउन सक्ने सम्मको अधिकार पाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले शुक्रबार यस्तो निर्णय गरेको हो । बैठकमा संक्रमित व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन बल प्रयोग गर्ने र यसका लागि सुरक्षा निकायलाई गोली समेत चलाउन सक्ने अधिकारी प्रदान गर्ने भनी निर्णय गरिएको छ ।

बिहीबार मात्रै वीरगंजस्थित नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना संक्रमित भेन्टिलेसनबाट भागेका थिए । त्यस लगत्तै यस्तो निर्णय गरिएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार