Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो

हेल्थ टिभी अनलाइन:  विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख बढी पुगेको छ ।

वर्ल्डोमिटरका अनुसार विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ४०५ पुगेको छ । यसैगरी विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४५ लाख २६ हजार ८ सय ५० जना रहेका छन् । विश्वमा १७ लाख ४ हजार २ सय ६८ जना उपचारपछि निको भएर घर फर्केका छन्।

चीनबाट शुरु भएको भए पनि हालसम्म कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देश अमेरिका बनेकोछ । अमेरिकामा मात्रै हालसम्म १४ लाख ९७ हजार ५ सय ९३ जनामा संक्रमण भएको छ । त्यस्तै ८६ हजार ९ सय १२ जनाको मृत्यु भएको छ । अमेरिकामा ३ लाख १८ हजार२७ जना निको भएका छन् । अमेरिकामा गत २४ घण्टामा १७ सय ११ जनाको ज्यान गएको छ । यसैगरी २६ हजार ९ सय ४६ नयाँ संक्रमित फेला परेका छन्।

यसैगरी बेलायतमा २ लाख ३४ हजार ४ सय ४० जना संक्रमित भएका छन् र ३३ हजार ६ सय १४ जनाको मृत्यु भएको छ । रसियामा २ लाख ५२ हजार २ सय ४५ जना संक्रमित भएका छन् भने २ हजार ३ सय ५ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमित संख्या २ लाख ७२ हजार ६ सय ४६ र मृतक संख्या २७ हजार ३ सय २१ पुगेको छ । इटलीमा २ लाख २३ हजार ९६ जनामा संक्रमित भएका छन् भने ३१ हजार ३ सय ६८ जनाको मृत्यु भएको छ । ब्राजिलमा २ लाख २ हजार ९ सय १८ जना संक्रमित भएका छन् र १३ हजार ९ सय ९८ जनाको मृत्यु भएको छ ।

भारतमा ८१ हजार ७७० जना संक्रमित भएका छन् भने २ हजार ६ सय ४९ जनाको मृत्यु भइसकेको छ । नेपालमा हालसम्म २५८ जनाका संक्रमण देखिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार