विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो
हेल्थ टिभी अनलाइन: विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख बढी पुगेको छ ।
वर्ल्डोमिटरका अनुसार विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ४०५ पुगेको छ । यसैगरी विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४५ लाख २६ हजार ८ सय ५० जना रहेका छन् । विश्वमा १७ लाख ४ हजार २ सय ६८ जना उपचारपछि निको भएर घर फर्केका छन्।
चीनबाट शुरु भएको भए पनि हालसम्म कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देश अमेरिका बनेकोछ । अमेरिकामा मात्रै हालसम्म १४ लाख ९७ हजार ५ सय ९३ जनामा संक्रमण भएको छ । त्यस्तै ८६ हजार ९ सय १२ जनाको मृत्यु भएको छ । अमेरिकामा ३ लाख १८ हजार२७ जना निको भएका छन् । अमेरिकामा गत २४ घण्टामा १७ सय ११ जनाको ज्यान गएको छ । यसैगरी २६ हजार ९ सय ४६ नयाँ संक्रमित फेला परेका छन्।
यसैगरी बेलायतमा २ लाख ३४ हजार ४ सय ४० जना संक्रमित भएका छन् र ३३ हजार ६ सय १४ जनाको मृत्यु भएको छ । रसियामा २ लाख ५२ हजार २ सय ४५ जना संक्रमित भएका छन् भने २ हजार ३ सय ५ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमित संख्या २ लाख ७२ हजार ६ सय ४६ र मृतक संख्या २७ हजार ३ सय २१ पुगेको छ । इटलीमा २ लाख २३ हजार ९६ जनामा संक्रमित भएका छन् भने ३१ हजार ३ सय ६८ जनाको मृत्यु भएको छ । ब्राजिलमा २ लाख २ हजार ९ सय १८ जना संक्रमित भएका छन् र १३ हजार ९ सय ९८ जनाको मृत्यु भएको छ ।
भारतमा ८१ हजार ७७० जना संक्रमित भएका छन् भने २ हजार ६ सय ४९ जनाको मृत्यु भइसकेको छ । नेपालमा हालसम्म २५८ जनाका संक्रमण देखिएको छ ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त