नेपालगञ्जमा ८ र मकवानपुरमा १ गरी ९ जना संक्रमित थपिए, संक्रमितको संख्या २५८ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना पोजेटिभ देखिएको बताएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँके नैनापुर वडा नं १, ३ र ५ का १८ वर्षदेखि ३६ वर्षका ८ जना पुरुष र मकवानपुर निवासी ३७ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको हो।
योसँगै नेपालमा संक्रमितको संख्या २५८ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा