संक्रमितसँग सम्पर्कमा आएकाको रिपोर्ट नेगेटिभ, आरोग्य फाउन्डेसन र निदान अस्पतालका सेवा सूचारु
हेल्थ टिभी अनलाइन\काठमाडौं : पुल्चोकको आरोग्य फाउन्डेसन र निदान अस्पतालका सम्पूर्ण सेवाहरु सूचारु भएका छन्। आरोग्य फाउन्डेसनमा कार्यरत एक कर्मचारीमा कोरोना देखिएपछि उक्त फाउन्डेसन र सँगै रहेको निदान अस्पताल हिजो सिल गरिएको थियो ।
संक्रमित कर्मचारीसँग सम्पर्कमा आएका दुई कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि फाउन्डेसन र अस्पतालले आफना सेवाहरु सूचारु गरेको जनाएको छ । संक्रमित महिला कार्यालय आएको नभए पनि उनले अस्पताल जानका लागि एम्बुलेन्स प्रयोग गरेका कारण एम्बुलेन्स चालक र अर्का एक जनाको स्वाब संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।
एकजना संक्रमित भेटिएपछि ललितपुरको जनस्वास्थ्य कार्यालय र स्थानीय प्रशासनले संक्रमण फैलिएको हुनसक्ने भन्दै फाउण्डेशन र अस्पताललाई सिल गरेको थियो ।
आज फेरी जनस्वास्थ्य कार्यालय र स्थानीय प्रशासन प्रतिनिधी आएर अस्पताल अनुगमन गरी सेवा सुचारु गर्न कुनै आपत्ति नभएको बताएपछि सेवा सुरु गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत विपेन्द्र प्रधानले जानकारी दिए ।
अस्पतालले संक्रमित कर्मचारी अस्पताल परिसरका नआएकाले अरुमा सार्ने सम्भावना नभएको भन्दै निर्धक्क हुन आग्रह गरेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित