Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

संक्रमितसँग सम्पर्कमा आएकाको रिपोर्ट नेगेटिभ, आरोग्य फाउन्डेसन र निदान अस्पतालका सेवा सूचारु

संक्रमितसँग सम्पर्कमा आएकाको रिपोर्ट नेगेटिभ, आरोग्य फाउन्डेसन र निदान अस्पतालका सेवा सूचारु

हेल्थ टिभी अनलाइन\काठमाडौं : पुल्चोकको आरोग्य फाउन्डेसन र निदान अस्पतालका सम्पूर्ण सेवाहरु सूचारु भएका छन्। आरोग्य फाउन्डेसनमा कार्यरत एक कर्मचारीमा कोरोना देखिएपछि उक्त फाउन्डेसन र सँगै रहेको निदान अस्पताल हिजो सिल गरिएको थियो ।

संक्रमित कर्मचारीसँग सम्पर्कमा आएका दुई कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि फाउन्डेसन र अस्पतालले आफना सेवाहरु सूचारु गरेको जनाएको छ ।  संक्रमित महिला कार्यालय आएको नभए पनि उनले अस्पताल जानका लागि एम्बुलेन्स प्रयोग गरेका कारण एम्बुलेन्स चालक र अर्का एक जनाको स्वाब संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

एकजना संक्रमित भेटिएपछि ललितपुरको जनस्वास्थ्य कार्यालय र स्थानीय प्रशासनले संक्रमण फैलिएको हुनसक्ने भन्दै फाउण्डेशन र अस्पताललाई सिल गरेको थियो ।

आज फेरी जनस्वास्थ्य कार्यालय र स्थानीय प्रशासन प्रतिनिधी आएर अस्पताल अनुगमन गरी सेवा सुचारु गर्न कुनै आपत्ति नभएको बताएपछि सेवा सुरु गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत विपेन्द्र प्रधानले जानकारी दिए ।

अस्पतालले संक्रमित कर्मचारी अस्पताल परिसरका नआएकाले अरुमा सार्ने सम्भावना नभएको भन्दै निर्धक्क हुन आग्रह गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार