धनगढीमा आज १०३ जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ
हेल्थ टिभी अनलाइन \डडेल्धुरा : धनगढी प्रयोगशालामा बिहीबार १ सय ३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ।
परिक्षण गरिएका १ सय ३ जनाकै रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।
प्रदेशभरी पछिल्लो २४ घण्टामा १ सय ९ जनाको नमुना संकलन गरिएको छ भने बुधबार र बिहीबार गरी एक सय ९२ जनाको नमुना परीक्षण गर्न बाँकी छ।
सुदूरपश्चिम प्रदेशभरी पछिल्लो २४ घण्टामा ४ सय ६१ जनाको आरडीटी टेस्ट गरिएको छ। आरडीटी टेस्ट गर्दा आज पनि एक जनामा एन्टिबडी देखिएकोमा पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिएको प्रदेश स्वास्थ्य निर्देशनायले जनाएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा