Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

धनगढीमा आज १०३ जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

धनगढीमा आज १०३ जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

हेल्थ टिभी अनलाइन \डडेल्धुरा : धनगढी प्रयोगशालामा बिहीबार १ सय ३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ।

परिक्षण गरिएका १ सय ३ जनाकै रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

प्रदेशभरी पछिल्लो २४ घण्टामा १ सय ९ जनाको नमुना संकलन गरिएको छ भने बुधबार र बिहीबार गरी एक सय ९२ जनाको नमुना परीक्षण गर्न बाँकी छ।

सुदूरपश्चिम प्रदेशभरी पछिल्लो २४ घण्टामा ४ सय ६१ जनाको आरडीटी टेस्ट गरिएको छ। आरडीटी टेस्ट गर्दा आज पनि एक जनामा एन्टिबडी देखिएकोमा पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिएको प्रदेश स्वास्थ्य निर्देशनायले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार