Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कालीमाटी तरकारी बजारमा १ हजार ३४ जनाको परीक्षण, ३ जनामा आरडीटी पोजेटिभ देखियो

पीसीआर रिपोर्ट भोलि आउने

कालीमाटी तरकारी बजारमा १ हजार ३४ जनाको परीक्षण, ३ जनामा आरडीटी पोजेटिभ देखियो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले कोरोनाको उच्च जोखिममा रहेको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजारका व्यक्तिहरुको नमुना परीक्षण गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट खटिएको टोलीले आज आरडीटी र पीसीआर दुबै विधिमार्फत नमुना संकलन गरेको छ ।

महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले उपत्यकामा उच्च जोखिममा भएका क्षेत्रका १० हजार मानिसहरुको नमुना परीक्षण गर्ने लक्ष्य अनुरुप आज  कालीमाटी तरकारी बजारमा १ हजार ३४ जनाको नमुना परीक्षण गरिएको बताए । परीक्षण गरिएका मध्ये तीन जनाको आरडीटी परीक्षण पोजेटिभ आएको छ । आरडीटी पोजेटिभ आउने तीनै जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन भइसकेको बताइएको छ ।

आज कालीमाटी बजारका तरकारी व्यापारी एवं ढुवानी कर्ता लगायतका गरी ७ सय जनाको आरडीटी विधिमार्फत र ३ सय ३४ जनाको पीसीआर विधिमार्फन परीक्षण गरिएको डा पाण्डेले जानकारी दिए । उनीहरुको रिपोर्ट शुक्रबार बिहानसम्म आउने बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार