कालीमाटी तरकारी बजारमा १ हजार ३४ जनाको परीक्षण, ३ जनामा आरडीटी पोजेटिभ देखियो
पीसीआर रिपोर्ट भोलि आउने
हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले कोरोनाको उच्च जोखिममा रहेको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजारका व्यक्तिहरुको नमुना परीक्षण गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट खटिएको टोलीले आज आरडीटी र पीसीआर दुबै विधिमार्फत नमुना संकलन गरेको छ ।
महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले उपत्यकामा उच्च जोखिममा भएका क्षेत्रका १० हजार मानिसहरुको नमुना परीक्षण गर्ने लक्ष्य अनुरुप आज कालीमाटी तरकारी बजारमा १ हजार ३४ जनाको नमुना परीक्षण गरिएको बताए । परीक्षण गरिएका मध्ये तीन जनाको आरडीटी परीक्षण पोजेटिभ आएको छ । आरडीटी पोजेटिभ आउने तीनै जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन भइसकेको बताइएको छ ।
आज कालीमाटी बजारका तरकारी व्यापारी एवं ढुवानी कर्ता लगायतका गरी ७ सय जनाको आरडीटी विधिमार्फत र ३ सय ३४ जनाको पीसीआर विधिमार्फन परीक्षण गरिएको डा पाण्डेले जानकारी दिए । उनीहरुको रिपोर्ट शुक्रबार बिहानसम्म आउने बताइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा