त्रिवि शिक्षण अस्पतालमा संक्रमितको सम्पर्कमा आएका सबै क्वारेन्टाइनमा, अन्य स्वास्थ्यकर्मीले नियमित सेवा दिने
हेल्थ टिभी अनलाइन\ काठमाडौं: त्रिवि शिक्षण अस्पतालले बालिकाको उपचारमा सलंग्नबाहेक अन्य स्वास्थ्यकर्मीबाट सेवा नियमित रुपमा सञ्चालन हुने जनाएको छ ।
अस्पतालका निर्देशक प्राडा प्रेम खड्गाले प्रेस विज्ञप्ति जारी गर्दै इलेक्टिभ सर्जरी बाहेकका सम्पूर्ण सेवा सञ्चालन हुने बताएका हुन्। उनले संक्रमित बालिकालाई गणेशमान भवनमा रहेको आइसोलेसनमा सारिएको र उनको सम्पर्कमा आएका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको बताए ।
अस्पतालले निकालेको विज्ञप्तिमा संक्रमित बालिकाको सम्पर्कमा आएका सबै जनाको कन्ट्याक्ट ट्रेसिङ कार्य भइसकेको उल्लेख छ । यसका साथै अस्पतालमा हुने इलेक्टिभ सर्जरी बाहेकका सम्पूर्ण सेवा सुचारु हुने पनि जनाइएको छ । इमरजेन्सी शल्यक्रिया भने आवश्यक सावधानी अपनाएर पीपीई लगाएर मात्र गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरिएको छ ।
बिहिबार मात्रै त्रिवि शिक्षण अस्पताल भर्ना भएकी कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
विज्ञप्ति:






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा