Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

त्रिवि शिक्षण अस्पतालमा संक्रमितको सम्पर्कमा आएका सबै क्वारेन्टाइनमा, अन्य स्वास्थ्यकर्मीले नियमित सेवा दिने

त्रिवि शिक्षण अस्पतालमा संक्रमितको सम्पर्कमा आएका सबै क्वारेन्टाइनमा, अन्य स्वास्थ्यकर्मीले  नियमित सेवा दिने

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  त्रिवि शिक्षण अस्पतालले बालिकाको उपचारमा सलंग्नबाहेक अन्य स्वास्थ्यकर्मीबाट सेवा नियमित रुपमा सञ्चालन हुने जनाएको छ ।

अस्पतालका निर्देशक प्राडा प्रेम खड्गाले प्रेस विज्ञप्ति जारी गर्दै इलेक्टिभ सर्जरी बाहेकका सम्पूर्ण सेवा सञ्चालन हुने बताएका हुन्। उनले संक्रमित बालिकालाई गणेशमान भवनमा रहेको  आइसोलेसनमा सारिएको र उनको सम्पर्कमा आएका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको बताए ।

अस्पतालले निकालेको विज्ञप्तिमा संक्रमित बालिकाको सम्पर्कमा आएका सबै जनाको कन्ट्याक्ट ट्रेसिङ कार्य भइसकेको उल्लेख छ । यसका साथै अस्पतालमा हुने इलेक्टिभ सर्जरी बाहेकका सम्पूर्ण सेवा सुचारु हुने पनि जनाइएको छ ।  इमरजेन्सी शल्यक्रिया भने आवश्यक सावधानी अपनाएर पीपीई लगाएर मात्र गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरिएको छ ।

बिहिबार मात्रै त्रिवि शिक्षण अस्पताल भर्ना भएकी कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

विज्ञप्ति:

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार