संक्रमित बालिकाको उपचारमा संलग्न चिकित्सकसहितका स्वास्थ्यकर्मी क्वारेन्टाइनमा, सबैको पीसीआर परीक्षण हुने
हेल्थ टिभी अनलाइन \काठमाडौं: महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनको उपचारमा संलग्न चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिने भएको छ ।
अस्पतालका निर्देशक डा प्रेम खड्गाले बालिकाको सम्पर्कमा आएका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिने बताए । उनले त्यसका लागि प्रक्रिया अघि बढाइएको बताए । अस्पतालको न्यूरो वार्डमा भर्ना गरिएकी ६ वर्षीय बालिकामा कोरोना पोजेटिभ देखिएको हो । बालिका कपिलवस्तुबाट आएर उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएकी थिइन्।
संक्रमित बालिकालाई अस्पतालको आइसोलेसन वार्डमा सारिएको छ । उनको सम्पर्कमा आउनेको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिने पनि डा खड्गाले जानकारी दिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा