Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

संक्रमित बालिकाको उपचारमा संलग्न चिकित्सकसहितका स्वास्थ्यकर्मी क्वारेन्टाइनमा, सबैको पीसीआर परीक्षण हुने

संक्रमित बालिकाको उपचारमा संलग्न चिकित्सकसहितका स्वास्थ्यकर्मी क्वारेन्टाइनमा, सबैको पीसीआर परीक्षण हुने

हेल्थ टिभी अनलाइन \काठमाडौं: महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनको उपचारमा संलग्न चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिने भएको छ ।

अस्पतालका निर्देशक डा प्रेम खड्गाले बालिकाको सम्पर्कमा आएका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिने बताए । उनले त्यसका लागि प्रक्रिया अघि बढाइएको बताए । अस्पतालको न्यूरो वार्डमा भर्ना गरिएकी ६ वर्षीय बालिकामा कोरोना पोजेटिभ देखिएको हो । बालिका कपिलवस्तुबाट आएर उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएकी थिइन्।

संक्रमित बालिकालाई अस्पतालको आइसोलेसन वार्डमा सारिएको छ । उनको सम्पर्कमा आउनेको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिने पनि डा खड्गाले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार