Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

एक जना संक्रमित फेरी थपिए, संक्रमितको संख्या २४६ पुग्यो

एक जना संक्रमित फेरी थपिए, संक्रमितको संख्या २४६ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार विज्ञप्ति निकाल्दै नवलपरासीका एक जनामा कोरोना पुष्टि भएको बताएको हो ।

मन्त्रालयका अनुसार भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी देवचुली नगरपालिका -१२ का ४९ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या २४६ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार