स्वास्थ्य मन्त्रालयको चरम लापरवाही, हिजोकै रिपोर्टलाई थप भन्दै निकाल्यो विज्ञप्ति
हेल्थ टिभी अनलाइन\काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सम्बन्धी सूचनामा गम्भीर लापरवाही गरेको छ ।
हिजोकै रिपोर्टलाई थप भन्दै विज्ञप्ति जारी गर्दा समेत मन्त्रालयले माफी समेत मागेको छैन्। आजै दुइपटक निकालिएको विज्ञप्तिमा मन्त्रालयका सह-प्रवक्ता डा समीरकुमार अधिकारीले हस्ताक्षर गरेका छन्।
विज्ञप्ति बनाउने बेलासम्म प्रवक्ताले यतिसम्म पनि ख्याल नगर्नु दुखद हो, मन्त्रालयका एक कर्मचारीले भने । यस्तो गम्भीर सूचना ‘भेरीफाइ’ नै नगरी कसरी बाहिर आउँछ उनले प्रश्न गरे ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले थप ५ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्ने भन्दै खोजी गर्न थालेपछि बल्ल सह प्रवक्तालाई हिजोकै रिपोर्ट भन्ने थाहा भएको ती कर्मचारीले बताए ।
मन्त्रालयले बिहान पहिलो पटक २ र दोस्रो पटक ५ गरी ७ जना कोरोना संक्रमित थपिएको भन्दै एक घण्टा पनि नहुँदै दुईवटा विज्ञप्ति निकालेको थियो । तर उक्त सूचनामा दोस्रो पटक ५ जना थपिएको भनिएको सूचना गलत रहेको भन्दै त्रुटि सच्याएको छ।
पछिल्लो विज्ञप्तिमा मन्त्रालयले हालसम्म २४५ जना मात्र संक्रमित रहेको जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिका आधारमा विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय मिडियाले समाचार बनाइसकेका छन्।






आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम