थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २५० पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा फेरी थप ५ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप ५ जना संक्रमित थपिएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा सर्लाहीका १, धनुषामा २ र महोत्तरीमा २ गरी ५ जना संक्रमित थपिएका हुन्।
योसँगै नेपालमा संक्रमितको संख्या २५० पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा