स्वास्थ्य मन्त्रालयमा पत्रकारलाई प्रवेशमा कडाइ गरेकोप्रति स्वास्थ्य पत्रकार मञ्चको आपत्ति
हेल्थ टिभी अनलाइन \काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकारलाई प्रवेशमा कडाइ गरेकोप्रति स्वास्थ्य पत्रकार मञ्चले कडा आपत्ति जनाएको छ ।
मञ्चले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीका बेला पनि फिल्डमा खटिएका पत्रकारलाई मन्त्रालयले सूचना लुकाउनका लागि प्रवेशमा रोक लगाउनु दुखद भएको भन्दै तत्काल यो कदम सच्याउन माग गरेको छ ।
बुधबार कोरोना अपडेटबारे सूचना लिन मन्त्रालय पुगेका पत्रकारलाई माथिको आदेश भन्दै सुरक्षाकर्मीले गेटमै रोकेका थिए । यसअघि लामोसमयदेखि स्वास्थ्यमै रिपोटिङ गरिरहेका पत्रकारलाई समेत परिचप पत्र देखाउँदा पनि कहाँ जाने हो फोन गरेर आउनुस् भनेपछि मात्र जान पाइन्छ भन्दै भित्र प्रवेश गर्न दिइएन । कोरोनाको जोखिमका कारण हो भने हामी एक एक जना दूरी मेन्टेन गर्दै जान्छौं भन्दा पनि सुरक्षाकर्मीले भित्र जान नदिएपछि पत्रकारले हारगुहार गरेर हामी भित्र जानु छैन भन्दै बाहिरिएका थिए । यसविषयमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग कुरा गर्न खोज्दा उनले फोन उठाएनन्।
कोरोना महामारीका बेला आफनो ज्यान जोखिममा राखेर खटिएका पत्रकारलाई सूचना सहज बनाउनुको सट्टा उल्टो मन्त्रालय प्रवेशमै कडाई गर्नु आफैमा निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ । मञ्चले मन्त्रालयको यो कदम तत्काल सच्याउन जोडदार माग गरेको छ । त्यसो त स्वास्थ्य मन्त्रालयले यसअघि पनि केही पत्रकारले सूचना लिई मन्त्रालय विरुद्ध समाचार लेखेको भन्दै उनीहरुमाथि निगरानी बढाएको कुरा चर्चा चलेको थियो ।
प्रेस विज्ञप्ति:





विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त