आज थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१९ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कपिलवस्तुका एक जना र धुलिखेल अस्पतालमा परीक्षण गर्दा नेपालगंजका एक जनामा कोरोना देखिएको हो।
मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कपिलवस्तु नगरपालिका- ५ निवास २२ वर्षीय पुरुष र बाँके- ८ निवासी ३६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ भएको जानकारी दिएको हो । योसँगै नेपालमा संक्रमितको संख्या २१९ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा