कपिलवस्तुमा नर्सलाई पनि कोरोना पोजेटिभ
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ ।
मंगलबार कपिलवस्तुमा एक नर्समा कोरोना संक्रमण पुष्टि भएको हो। उनी तौलिहवा अस्पतालमा कार्यरत छिन्। त्यहाँ कार्यरत नर्समा कोरोना देखिएको प्रदेश नम्बर ५ का प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए । यसरी स्वास्थ्यकर्मीमा संक्रमण भएको नेपालमै पहिलो केस हो ।
उनका अनुसार नर्स पछिल्लो समय फिबर क्लिनिकमा कार्यरत थिइन्। त्योबाहेक वार्डमा पनि उनको ड्युटी हुन्थ्यो । अस्पतालका स्वास्थ्यकर्मीको परीक्षण गर्ने क्रममा अन्यको रिपोर्ट नेगेटिभ आएको र उनको पोजेटिभ आएको चौधरीले जानकारी दिए । स्वास्थ्य मन्त्रालयलका अनुसार मंगलबार मात्रै कपिलवस्तुमा ८ जना संक्रमित थपिएका छन् ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त