पर्सामा फिल्डमा खटिएका पत्रकारमा पनि कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं: पर्साका दुई जना पत्रकारमा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ ।
आज पर्सामा कोरोना संक्रमण पुष्टि भएका ३९ जनामध्ये दुईजना पत्रकार रहेको पुष्टि भइसकेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले हेल्थ टिभी अनलाइनलाई बताए । उनले भने, ‘दुई जना चिनिने पत्रकार भएकाले उहाँहरुको कन्फर्म भएको छ अन्यको भने एकिन भइसकेको छैन्। हामी बुझ्दैछौं ।’
संक्रमित मध्ये दुई जना पत्रकार सम्पर्कमा आइसकेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले जानकारी दिए ।
मंगलबार काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा एकैपटक ५७ जनामा कोरोना देखिएको थियो । यी मध्ये पर्सामा मात्रै ३९ जनामा कोरोना पोजेटिभ पाइएको हो । भारत लगायत अन्य देशहरुमा पत्रकारलाई कोरोना संक्रमण भएको भए पनि नेपालमा भने पत्रकारमा कोरोना पोजेटिभ देखिएको पहिलोपटक हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा