२४ घण्टामा २ हजार २३६ परीक्षण, २२८ जना आइसोलेसनमा
हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपालमा गत २४ घण्टामा २ हजार २३६ जनाको नमुना परीक्षण गरिएको बताइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन्।
डा. देवकोटाले २४ घण्टामा २ हजार २३६ जनाकाे पीसीआर परीक्षण गरिएकाे र ती मध्ये ५७ जनामा कोरोना पोजेटिभ देखिएको बताए । उनका अनुसार यो सँगै कुल संक्रमितको संख्या १९१ पुगेको छ । जसमा १५८ जना पुरुष र ३३ जना महिला रहेका छन्।
मन्त्रालयका अनुसार हालसम्म १८ हजार ९ सय ६४ जनाको पीसीआर विधिमार्फत परीक्षण गरिएको छ भने आरडीटी विधिमार्फत परीक्षण गर्नेको संख्या ५९ हजार ६ सय २७ पुगेको छ । कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहने १२ हजार ७ सय ८५ जना रहेका छन्। यसैगरी आजसम्म २२८ जना आइसोलेसनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा