नेपालगञ्जमा कोरोनाको महामारीमा खटिएका स्वास्थ्यकर्मीमाथि नै ज्यान मार्ने धम्की
सुरक्षित नरहेको भन्दै कार्यालय जानै डराए स्वास्थ्यकर्मी
कल्पना आचार्य \काठमाडौं: देशमा काेरोना महामारीका बेला स्वास्थ्यकर्मी आफनो ज्यान जोखिममा राखेर फ्रन्टलाइनमा रहेर काम गरिहरेका छन्। तर यही बखत तीनै स्वास्थ्यकर्मीलाई बारम्बार हतोत्साही गर्नेदेखि ज्यान मार्नेसम्मका धम्की समेत आउन थालेका छन्।
बाँकेको खजुरा गाउँपालिका अन्तर्गतको वडा नं -७ मा पर्ने सोनपुर स्वास्थ्य चौकीका प्रमुख सुदीप पौडेल सहितका स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की आएपछि प्रहरीमा उजुरी दिन बाध्य भएका छन्। स्थानीय रफी भाटले सामान्य कुरालाई लिएर स्वास्थ्यकर्मीमाथि ज्यान मार्ने धम्की दिएपछि उनीहरुले सोमबार प्रहरी कार्यालय धनौलीमा उजुरी दिएका हुन्।
सोनपुर स्वास्थ्य चौकी प्रमुख सुदीप पौडेलका अनुसार घटना यस्तो थियो, उनकै शब्दमा:

सुदीप पौडेल, प्रमुख- सोनपुर स्वास्थ्य चौकी
खजुरा गाउँंपालिकाको सोनपुर स्वास्थ्य चौकीमा वैशाख २६ गते स्थानीय महिला सुत्केरी हुनका लागि श्रीमान रफीसहित आएकी थिइन्। स्वास्थ्यकर्मीले महिलालाई व्यथा नलागेको भन्दै घरमै आराम गर्न र पछि आउन भनेर पठाए । साथै हाम्रो एक जना स्टाफ बच्चा बिरामी भएर घर गएकाले सुत्केरी गराउने तत्काल कोही नभएको पनि बतायौँ । उनीहरु त्यहाँबाट हुन्छ पछि आउँछौं भन्दै गए ।
तर उनीहरु पछि आएनन्। एकैपटक भोलिपल्ट महिलाका श्रीमान रफी बच्चा राती घरमै जन्मियो बर्थ सर्टिफिकेट बनाइदिन पर्यो भनेर आए । हामीले बच्चा यहाँ जन्मिएको होइन घरमा जन्मेको बच्चाको सर्टिफिकेट कसरी हामीले बनाउने भन्यौं । तर उनी यही कुरामा रहेर हामीलाई तथानाम गाली गर्ने सामाजिक सञ्जालमा लेख्ने गर्न थाले । यस विषयमा वडा अध्यक्षलाई पनि जानकारी गराएका थियौं । स्वयं वडाअध्यक्ष अतिउल्ला आएर वडाबाट बच्चाको बर्थ सर्टिफिकेट बनाउन कुनै समस्या हुँदैन भन्दा पनि उनी शान्त भएनन्। वडा अध्यक्षकै अगाडी उनी स्वास्थ्यकर्मीमाथि अप शब्द प्रयोग गर्दै खनिए । उनले स्वास्थ्यकर्मीलाई आफनो वडामा टेक्न नदिने एवं कार्यालय आए हाटखुट्टा भाँचिदिने भन्दै बाहिरिए ।
हाम्रा नर्सिङ स्टाफहरुकै अगाडी अश्लिल र अपशब्द प्रयोग गर्दै गालीगलौज गरिरहे । फेरी उनका दुई तीन जना साथीहरु लिएर आएर ज्यान मार्नेसम्मको धम्की दिएर गए । त्यसैले हामीले सोमबार प्रहरीमा उजुरी दिएका छौं । घटनापछि असुरक्षित वातावरणका कारण कार्यालय जान पनि सकेका छैनौं । कोरोनाको यस्तो महामारीका बेला फिबर क्लिनिकमा बिरामी आइरहेका छन्। नेपालगञ्ज कोरोनाको हटस्पट नै बनेकाले स्वाब संकलन कार्य भइरहेको छ, यसले सबै सेवा प्रभावित भएका छन्। सुरक्षाको ग्यारेन्टी नआएसम्म कसरी काममा फर्किनु ? हामीलाई सुरक्षित भएर काम गर्ने वातावरण बनाइयोस अनि मात्र काममा फर्किन्छौं भन्न चाहन्छु ।
यस्ताे छ उजुरी:






डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित