सेती प्रादेशिक अस्पतालमा ओपीडी लगायतका नियमित सेवा सञ्चालन हुने
हेल्थ टिभी अनलाइन\ डडेल्धुरा: सेती प्रादेशिक अस्पतालले कोरोना भाईरसको संक्रमणपछि बन्द रहेको ओपीडी सेवा सञ्चालन गर्ने भएको छ।
अस्पतालले आज सूचना जारी गर्दै मंगलबारदेखि ओपीडी लगायतका नियमित स्वास्थ्य सेवाहरु सुचारु हुने जनाएको हो।
यसअघि कोरोना भाईरसको महामारीलाई लिएर अस्पतालले चैत ११ गतेदेखि ज्वरो क्लिनिक र आकस्मिक सेवा मात्र सञ्चालन गर्दै आएको थियो । ओपीडी सेवा भने बन्द थियो । आइतबार सरकारले देशभरका अस्पताललाई ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा