सुर्तीजन्य पदार्थ सेवन गर्नेमा कोरोनाको जोखिम बढी, यसको सेवन नगर्न मन्त्रालयको आग्रह
हेल्थ टिभी अनलाइन \काठमाडौं: सुर्तीजन्य पदार्थ सेवन गर्नेमा कोरोनाको जोखिम बढी हुने भएकाले यसको सेवन नगर्न स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले सुर्तीजन्य पदार्थको सेवन गर्नेमा अझ बढी जोखिम देखिएकाले क्वारेन्टाइन तथा आइसोलेसनमा बस्नेलाई यसको सेवन नगर्न आग्रह गरेका हुन्। नियमित मिडिया ब्रिफिङमा उनले भने, ‘सुर्तीजन्य पदार्थको सेवन गर्नेको फोक्सो एवं मुटु कमजोर हुने भएकाले संक्रमितलाई बढी जोखिम हुन्छ ।’ यस्ता व्यक्तिलाई उपचार पनि बढी समय गर्नुपर्ने र निको हुने समय पनि बढी लाग्ने बताए ।
उनले कोरोनाको महामारीका बेला क्वारेन्टाइन र आइसोलेसनमा बस्दा यसलाई सुर्तीजन्य पदार्थ सेवन छोड्ने अवसरको रुपमा लिन आग्रह गरे । उनले सुर्तीजन्य पदार्थको सेवन छोड्दा संक्रमित छिटो निको हुने, रोगसँग लड्ने क्षमता बढी हुने साथै जटिलताको सम्भावना कम हुने समेत जिकीर गरे । उनले यसले परिवारलाई सेकेन्ड ह्यान्ड स्मोकको जोखिमबाट पनि जोगाउन सकिने बताए ।
विभिन्न अध्ययनले पनि सुर्तीजन्य पदार्थको सेवन गर्नेमा कोरोनाको जोखिम बढी हुने देखाएको छ । मन्त्रालयका अनुसार नेपालमा हालसम्म १२१ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ३३ जना उपचारपछि निको भएर घर फर्केका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित