सप्तरीमा पनि एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२१ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले सोमबार विज्ञप्ति जारी गर्दै सप्तरीका एक पुरुषमा कोरोना पोजेटिभ देखिएको जनाएको हो ।
योसँगै नेपालमा संक्रमितको संख्या १२१ पुगेको छ । मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालमा परीक्षण गर्दा सप्तरी डाक्नेश्वरी नगरपालिका वडा नं ३ निवासी १८ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । आजै बिहान कपिलवस्तुका १० जनामा कोरोना पुष्टि भएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा