राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशकको नियुक्तिप्रति गोदानको आपत्ति
हेल्थ टिभी अनलाइन\ काठमाडौं: सरकारले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकको पदमा गरेको नियुक्तिप्रति सरकारी चिकित्सक संघ (गोदान) ले आपत्ति जनाएको छ ।
संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मानव अंग प्रत्यारोपण विकास समिती गठन आदेश -२०६८ अनुसार कार्यकारी निर्देशक नियुक्ती गर्दा नेपाल सरकार स्वास्थ्य सेवाको हुनुपर्ने भए पनि त्यस विपरित त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा प्रेम ज्ञवालीलाई नियुक्ति गरेको पाइएको भन्दै आपत्ति जनाएको हो ।
संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’सिमित सेवा सुविधाकाबीच पनि देशका सबै भागमा कार्यरत सरकारी चिकित्सकलाई विगतमा स्वायक्तताको नाममा सरकारी अस्पताललाई प्रतिष्ठान बनाउँदै निकालिएका उदाहरण र सरकारी स्वास्थ्य प्रतिष्ठानमा उपकुलपति लगायत अन्य पदाधिकारी नियुक्त गर्दा नियम मिचेर नेपाल सरकारका चिकित्सक ईतरबाट हुने गरिएका घटनाबाट पहिले नै सम्पुर्ण सरकारी चिकित्सकको मनोबल घट्दो क्रममा रहेको छ । यही अवस्थाबीच फेरी मानव अंग प्रत्यारोपण केन्द्रमा भएको नियमविपरितको नियुक्तीले नेपाल सरकार स्वास्थ्य सेवाका चिकित्सकहरु झन दुरुत्साहित भएको महसुस गरेका छौं ।’
संंघले यस्तो नियम विपरितको नियुक्तिलाई तत्काल सच्याउन सरकार समक्ष माग गरेको छ । केन्द्रमा यसअघि डा पुकारचन्द्र श्रेष्ठ कार्यकारी निर्देशक थिए । गत साता उनको कार्यकाल सकिएको हो ।
प्रेस विज्ञप्ति:






डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित